Logo
१२ श्रावण २०८१, शनिबार
(November 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब नेपालबाट चीन जान पीसीआर र एन्टीबडी टेस्टको नेगेटिभ रिपोर्ट अनिवार्य

नेपालबाट चीन जान अब पीसीआर र एन्टीबडी टेस्टको नेगेटिभ रिपोर्ट अनिवार्य भएको छ ।

काठमाडौंबाट नोभेम्बर ४ देखि हवाई मार्ग मार्फत चीन जान चिनियाँ, नेपाली र अन्य विदेशी नागरिकले पीसीआर र एन्टीबडी टेस्टको नेगेटिभ रिपोर्ट अनिवार्य पेश गर्नुपर्ने भएको हो ।

यसका साथै सिरम आइजीएम एन्टीबडी परीक्षणको नेगेटिभ रिपोर्ट पनि प्रस्तुन गर्नुपर्ने भएको छ ।पछिल्लो समयमा चीन कोरोना भाइरस कमी आएपनि आयातीत केसको संख्या बढेको भन्दै चीन सरकारले सो नीति लागु गरेको हो ।

नेपाल बाहेक अमेरिका, रसिया र बेलायतमा पनि चीनले सो नियम लागु गरेको छ ।नेपाल लगायत यि मुलुकहरुमा कोभिड–१९ को संख्यामा बृद्धि भएको छ ।

विशेषत रसियालाई लक्षित गरेर बनाइएको सो नियम अमेरिका, बेलायत, फ्रान्स, इटली र पोल्याण्डमा रहेका चिनियाँ दुतावासले सो प्रक्रिया कार्यान्वयन गरेको ग्लोवल टाइम्सले उल्लेख गरेको छ ।

जहाज चढनुभन्दा ४८ घन्टा अगाडि सम्बन्धित देशमा रहेको चिनियाँ राजदुतावासले तोकेको सेन्टरबाट सो रिपोर्ट प्राप्त गर्नुपर्ने नियम लागु गरिएको चीनको सरकारी सञ्चारमाध्यमले उल्लेख गरेको छ ।

सो दुई सर्टिफिकेट प्राप्त गरेपनि स्वास्थ्य सम्बन्धी लोगोको लागि दुतावासमा निवदेन दिनुपर्छ ।

प्रकाशित मिति: Nov 2, 2020

प्रतिक्रिया दिनुहोस्