Logo
१२ श्रावण २०८१, शनिबार
(November 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डा.खतिवडासहित ३ प्रस्तावित राजदूतहरुविरुद्ध परेको उजुरीको सुनुवाई २७ गते हुने

डा.युवराज खतिवडासहित तीन जना प्रस्तावित राजदूतहरुविरुद्ध परेको उजुरीको सुनुवाई २७ गते गर्ने निणय गरेको छ ।

तीन जना प्रस्तावित राजदूतहरुविरुद्ध उजुरी गर्नेहरु सम्पर्कमा नआएपछि आगामी २७ गते सुनुवाइ गर्ने संसदीय सुनुवाइ समितिले निर्णय गरेको हो ।

संसदीय सुनुवाइ समितिका अनुसार खतिवडाविरुद्ध ३ वटा र रेग्मीविरुद्ध एउटा उजुरी तोकिएको समयभित्र परेका थिए । अर्को एउटा उजुरी तोकिएको समयपछि मात्र आएको थियो । तर उजुरीकर्ताहरु सम्पर्कविहीन थिए ।

उजुरीकर्ता नै सम्पर्कमा नआएपछि सुनुवाइ समितिले यही कात्तिक ४ गते गोरखापत्रमा सार्वजनिक सूचना नै जारी गरेर सम्पर्कमा आउन भनेको थियो ।

आज कात्तिक १७ गते समितिको बैठकमा पनि उजुरीकर्ता सम्पर्कमा नआएपछि २७ गतेको बैठकमा प्रस्तावित राजदूतहरुमाथि सुनुवाइ हुने निर्णय बैठकले गरेको छ ।।

राजदूतहरुको नियुक्ति सरकारको सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ ।

गत असोज १६ गते मन्त्रिपरिषदको बैठकले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिका, पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायत र डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो

 

प्रकाशित मिति: Nov 2, 2020

प्रतिक्रिया दिनुहोस्