Logo
६ बैशाख २०८१, बिहीबार
(November 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भरतपुर अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु

बाग्मती प्रदेश स्थित चितवनको भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका-१० बस्ने ७९ वर्षीय पुरुष र धादिङको निलकण्ठ नगरपालिका-३ बस्ने ६१ वर्षीया महिलाको मृत्यु भएको सूचना अधिकारीले जानकारी दिए ।

श्वासप्रश्वासमा समस्या भएपछि उनलाई आइतबार अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य जटिल बन्दै गएपछि उनलाई सोही दिन कोभिड आईसीयूमा राखेर उपचार सुरु गरिएको थियो ।

सबै उपायहरु गर्दा गर्दै आइतबार राति १ः२० बजे उनको मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारीले बताए । भरतपुर महानगरपालिका-१० बस्ने ७९ वर्षीय पुरुषमा यही कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैगरी भरतपुर अस्पतालमै उपचाररत धादिङको निलकण्ठ नगरपालिका-३ बस्ने ६१ वर्षीया महिलाको सोमबार बिहान २ः५५ बजे मृत्यु भएको छ ।

श्वासप्रश्वासमा समस्या भएपछि यही कात्तिक ५ गते उनी अस्पतालको आइसोलेसनमा भर्ना भएकी थिइन् । उनलाई सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि कात्तिक ९ गते कोभिड आईसीयूमा राखी उपचार गरिएको थियो ।

‘चिकित्सक र स्वास्थ्यकर्मीहरुले अथक प्रयास गर्दागर्दै उहाँहरुको ज्यान गयो’,भरतपुर अस्पतालका सूचना अधिकारीले भने, ‘सम्पूर्ण अस्पताल परिवार गहिरो दुःख व्यक्त गर्दछ ।’

प्रकाशित मिति: Nov 2, 2020

प्रतिक्रिया दिनुहोस्