Logo
१२ श्रावण २०८१, शनिबार
(November 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली काँग्रेसको पार्टी पदाधिकारी बैठक आज बस्दै, पौडेल पक्षका असहमतिबारे छलफल गर्ने

नेपाली काँग्रेसको पार्टी पदाधिकारी बैठक आज दिउसो १ बजे बस्दै छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बोलाइएको हो । पौडेल पक्षका असहमतिबारे छलफल हुने भएको छ ।

सभापति देउवा समयमै महाधिवेशन गर्नबाट पछि हट्न खोजेको तथा विधि विधानअनुसार नचलेको भन्दै पौडेल पक्षका २७ सदस्यले १६ बुँदे असहमति राख्दै पार्टी कार्यालयमा विरोध पत्र बुझाएका थिए।

ती असहमतिबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले आज पदाधिकारी र पूर्वपदाधिकारी समेतको बैठक राखेका हुन्।

देउवाले महाधिवेशन प्रभावित पार्न विभागलगायतमा मनोनयन जारी राखेकोमा पौडेल पक्षका नेताले असन्तुष्टि राख्दै आएका छन्।

देउवाले ४७ विभागमध्ये २० भन्दा बढीमा संयोजकसहित सदस्यमा एकलौटी मनोनित गरेका थिए।

प्रकाशित मिति: Nov 2, 2020

प्रतिक्रिया दिनुहोस्