Logo
१२ श्रावण २०८१, शनिबार
(November 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गोदावरीमा निर्माणाधीन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको काम तीन महिनाभित्र सक्न प्रधानमन्त्रीको निर्देशन

ललितपुरको गोदावरीमा निर्माणाधीन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको काम तीन महिनाभित्र सक्न प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन् ।

निर्माणाधीन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निरीक्षण गर्दै प्रधानमन्त्री केपी ओलीले अबको तीन महिनाभित्र काम सम्पन्न गर्न तथा महत्वपूर्ण कार्यक्रम यही केन्द्रमा गर्न सक्ने गरी तयारी गर्न पनि निर्देशन दिए ।

२०७६ असोज २० गतेदेखि निर्माण सुरु भएको सम्मेलन केन्द्र कात्तिक २७ गतेभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । तर कोरोना जोखिमका कारण ढिलाइ हुने भएको छ ।

झण्डै ४३ रोपनी क्षेत्रफलमा निर्माणाधीन केन्द्र केसी समानान्तर जेभीले ५८ करोड २४ लाखमा ठेक्का पाएको हो ।४३ रोपनी मध्ये ११ रोपनीमा सिटीहल, ३ रोपनी ३ आनामा आन्तरिक सडक, १६ रोपनीमा बगैँचा र हरियाली र १३ रोपनी क्षेत्रफलमा पार्किङ गर्न गरी निर्माण भइरहेको छ ।

विभागका महानिर्देशक मणिराम गेलालका अनुसार अहिलेसम्म निर्माण कार्यको ६५ प्रतिशत प्रगति भएको छ ।भवनमा छानो हाल्न र भित्र आवश्यक सामग्री जोड्न बाँकी रहेको निर्माण कम्पनीका साइट इञ्जिनीयर पवन मैनालीले बताए ।

नेकपाको वर्तमान सरकार बनेको तीन वर्ष पुगेका दिन अर्थात् आउँदो फागुन ३ गते सभाहलको उद्घाटन गर्ने तयारी मिलाउन सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले सहरी विकास तथा भवन निर्माण विभागका पदाधिकारीलाई निर्देशन समेत दिएका छन् ।

प्रकाशित मिति: Nov 2, 2020

प्रतिक्रिया दिनुहोस्