Logo
१२ श्रावण २०८१, शनिबार
(November 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना संक्रमितको उपचारमा धरौटी रकम नलिन सरकारी अस्पतालहरुलाई निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसबाट संक्रमितको उपचारको क्रममा धरौटी रकम नलिन सरकारी अस्पतालहरुलाई निर्देशन दिएको छ।

मन्त्रालयको प्रेस व्रिफ्रिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले धरौटी सम्बन्धी सूचना निकालेका अस्पतालहरुलाई स्पष्टीकरण सोधिएको बताएका छन्।

गाैतमले भने, ‘सरकारी अस्पतालहरु सबैलाई धरौटी नलिई कोभिड १९ का विरामीको उपचार गर्न निर्देशन दिइएको, धरौटी सम्बन्धी सूचना निकाल्ने सबै अस्पताललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्पष्टिकरण सोधिएको जानकारी गराउन चाहन्छु।’

उनले सक्नेसँग शुल्क लिने र नसक्नेलाई निशुल्क उपचार गर्ने सरकारको निर्णय रहेको बताए।

कोभिड १९ संक्रमणका कारण मृत्यु भएका व्यक्तिको संख्या फरक–फरक आएकोले सत्यतथ्य पत्ता लगाउन समिति गठन भएको प्रवक्ता गौतमले जानकारी दिए।

प्रकाशित मिति: Nov 1, 2020

प्रतिक्रिया दिनुहोस्