Logo
१२ श्रावण २०८१, शनिबार
(November 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाबाट ज्यान गुमाएकाको विवरण संकलन गर्न जाँचबुझ समिति गठन

file photo
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट निधन भएकाको यकिन संख्या पत्ता लगाउन तीन सदस्यीय समिति गठन गरेको छ ।

मन्त्रालयले सार्वजनिक गरेकाे तथ्यांकमा आइतबारसम्म काेराेना संक्रमणबाट नाै सय ६० जनाकाे निधन भएकाे छ ।

मन्त्रालयले आइतबार गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्त डा. जागेश्वर गौतमले संक्रमणबाट निधन हुनेको संख्या फरक–फरक आएकाले सत्यतथ्य पत्ता लगाउन समिति गठन गरिएको जानकारी दिए ।

उनले निधन हुनेकाे संख्या कहाँ फरक–फरक आयाे भन्ने बारेमा भने खुलाएनन् ।

समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख र सिसिएमसीका एक चिकित्सक रहेका छन् ।

२ कात्तिकमै गठन भएकाे समितिले काम थालेको र सत्यतथ्य पत्ता लगाएपछि सार्वजनिक गरिने गौतमले बताए ।

त्यसैगरी मन्त्रालयले सरकारी अस्पताललाई धरौटी नलिई कोरोना संक्रमितको उपचार गर्न निर्देशन दिएको गौतमले जानकारी दिए । मन्त्रालयले कोरोना बिरामीको उपचारमा शुल्क लाग्ने निर्णय गरेलगत्तै अस्पतालहरुले शुल्क विवरणसहित धरौटीका लागि सूचना प्रकाशित गरेका थिए ।

गौतमले धरौटी सम्बन्धी सूचना निकाल्ने सबै अस्पताललाई मन्त्रालयले स्पष्टिकरण सोधेको बताए । उनले भने, ‘सक्नेसँग शुल्क लिने र नसक्नेको निःशुल्क उपचार गराउने पूर्ववर्ती निर्णय यथावत छ ।’

प्रकाशित मिति: Nov 1, 2020

प्रतिक्रिया दिनुहोस्