Logo
१२ श्रावण २०८१, शनिबार
(November 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अस्पतालमा भर्ना हुन काेराेना संक्रमित बिरामीले ५० हजार रुपैयाँसम्म धरौटी बुझाउनुपर्ने

स्वास्थ्य मन्त्रालयले शुक्रराज ट्रपिकल अस्पताल टेकुमा भर्ना हुने कोरोना संक्रमित बिरामीको लागि उपचार शुल्क तालिका सार्वजनिक गरेको छ।

सार्वजनिक शुल्क गत शुक्रबारदेखि लागू भएको छ। भेन्टिलेटर आवश्यक पर्ने जटिल अवस्थाका कोरोना संक्रमितलाई आइसियूमा भर्ना गर्न ५० हजार धरौटी बुझाउनु पर्नेछ।

मन्त्रालयका अनुसार त्यसको दैनिक खर्च भने १५ हजार लाग्नेछ।

त्यसैगरी भेन्टिलेटरबिनाको आइसियू र क्याबिन आइसोलेसनमा भर्ना हुन परेमा ३० हजार धरौटी बुझाउनुपर्नेछ। त्यसको दैनिक खर्च भने ७ हजार ५ सय हुनेछ।

मध्यम जटिल अवस्थाका बिरामीहरूका लागि ग्यास्ट्रो आइसोलेसनमा भर्ना गर्न परेमा २० हजार धरौटी बुझाउनुपर्नेछ भने दैनिक तीन हजार ५ सय खर्च लाग्नेछ।

त्यस्तै गरिब, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त र एकल महिलाको लागि भने छुट पाउन सकिने मन्त्रालयले जनाएको छ।

आफ्नो प्रमाणपत्र वा पालिकाको सिफारिस पत्र अनुसार १० देखि शत प्रतिशतसम्म छुट लिन सकिनेछ। सो छुट अस्पतालका प्रमुख कन्सल्टेन्ट र निर्देशकको लिखित निर्णयमा बिरामीको आर्थिक अवस्था र आवश्यकताका आधारमा दिइने मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: Nov 1, 2020

प्रतिक्रिया दिनुहोस्