Logo
११ असार २०८२, बुधबार
(November 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्णाली प्रदेशका मन्त्रीहरुलाई हतारमा राजीनामा नदिन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी ओलीले कर्णाली प्रदेशका मन्त्रीहरुलाई हतारमा राजीनामा नदिन निर्देशन दिएका छन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेपछि प्रधानमन्त्री ओलीले आफ्ना पक्षका मन्त्रीहरूलाई हतारिएर राजीनामा नदिन निर्देशन दिएको बताइएको छ ।

मुख्यमन्त्री शाहीले हिजो नै केही मन्त्रीहरूसँग छलफल गरेका थिए । मुख्यमन्त्री शाहीले माथिबाट दबाब आएकाले ओली पक्षका मन्त्रीहरूलाई हट्न आग्रह गरेका थिए ।

प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले आफूले मुख्यमन्त्री शाहीसँग भएको कुराकानीका आधारमा बिदा हुनुपर्ने होला भनेर फेसबुकमा लेखेको बताए ।

तर प्रधानमन्त्री ओलीको निर्देशन आएपछि उनले राजीनामा नदिने बताएका छन् । केही नबिगारेको अवस्थामा राजीनामा दिनुनपर्ने नेताहरूले बताएको रावलको भनाइ छ ।

प्रकाशित मिति: Nov 1, 2020

प्रतिक्रिया दिनुहोस्