Logo
१२ श्रावण २०८१, शनिबार
(October 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पछिल्लो २४ घण्टामा १७ जनाले कोरोनाबाट ज्यान गुमाए, २५०८ नयाँ संक्रमित थप

पछिल्लो २४ घण्टामा नेपालमा २५ सय आठ कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा संक्रमितको संख्या एक लाख ७० हजार ७४३ पुगेको छ ।

२४ घण्टामा २२६४ ले कोरोना जितेसँगै कुल डिस्चार्ज हुनेको संख्या एक लाख ३१ हजार २२२ पुगेको छ । त्यसैगरी थप १७ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ९३७ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २७९ जनाको पीसीआर परीक्षण भएको हो । अहिले सक्रिय संक्रमितको संख्या ३८ हजार ५८४ पुगेको छ ।

उपत्यकामा ७८८ पुरुष र ५६९ महिला गरेर १३ सय ५७ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति: Oct 31, 2020

प्रतिक्रिया दिनुहोस्