Logo
१२ बैशाख २०८१, बुधबार
(October 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राससका महाप्रबन्धक ओपेन्द्र शर्मालाई कोरोना सङ्क्रमण

राससका महाप्रबन्धक ओपेन्द्र शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । उहाँका परिवारका सदस्यलाई पनि केही दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो ।

महाप्रबन्धक शर्मा होम आइसोलेशनमा छन् । स्वास्थ्यसम्बन्धी सबै मापदण्ड पालना गर्दागर्दै आफू सङ्क्रमित हुन पुगेको बताउँदै उनले आफूसँग सम्पर्कमा रहेका सबैलाई आइसोलेशनमा रहन र आफ्नो स्वास्थ्यको ख्याल राख्न आग्रह गरेका छन् ।

स्वास्थ्य मापदण्ड पालना गर्दै उनी नियमित कार्यालयमा उपस्थित थिए । महाप्रबन्धक शर्मासँगै उनका चालक लीलाराम देवकोटालाई पनि आजै संक्रमण पुष्टि भएको छ र उनी पनि होम आइसोलेशनमा छन् ।

उनीहरु दुवैलाई शरीर दुख्ने, खोकी लाग्नेजस्ता कोरानाका सामान्य लक्षण देखिएका छन् ।

प्रकाशित मिति: Oct 31, 2020

प्रतिक्रिया दिनुहोस्