Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

म्याग्दीको बेनी आउँदै गरेको जिप दुर्घटना हुदाँ एक जनाको मृत्यु, १० घाइते

गण्डकी प्रदेश स्थित म्याग्दीको सदरमुकाम बेनी आउँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा परी १० जना घाइते भएका छन् ।बेनी-गलेश्वर सडकखण्डमा पर्ने बेनी नगरपालिका-८ जलेश्वरमा रघुगंगा गाउँपालिका-६ ढाडाखानीबाट सदरमुकाम बेनी आउँदै गरेको ग १ ज ८९६ नम्बरको जिप शुक्रबार दिउँसो दुर्घटनामा परेको हो ।

दुर्घटनामा गम्भीर घाइते अन्नपूर्ण गाउँपालिका, २ भुरुङकी अन्दाजी १० वर्षीया रिया विकको उपचारका क्रममा बेनी अस्पतालमा मृत्यु भएको प्रहरीले प्रहरीले जनाएको छ ।

जिप सडकबाट कालीगण्डकी नदी किनारमा खसेको थियो । जिल्ला प्रहरी प्रमुख डीएसपी किरण कुँवरले दिएको विवरणअनुसार दुर्घटनामा परी घाइते हुनेहरुमा रघुगंगा गाउँपालिका-६ ठाडाखानीका वसन्त छन्त्याल, सोही ठाउँका जिप चालक नन्द छन्त्याल, कौसभा पाइजा, ठगकुमारी शेर्रपुजा, सिर्जना शेर्रपुजा, दीवा शेर्रपुजा, इच्छा शेर्रपुजा, दिक्षा शेर्रपुजा र बेनी नगरपालिका, ८ बस्ने दलप्रसाद गौचन रहेका छन् ।

घाइतेहरुको बेनी अस्पतालमा उपचार भइरहेको र गम्भीर घाइतेलाई पोखरा रिफर गर्ने तयारी भएको पनि प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: Oct 30, 2020

प्रतिक्रिया दिनुहोस्