Logo
७ बैशाख २०८१, शुक्रबार
(October 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले कोरोना संक्रमित निजामती कर्मचारीलाई १४ दिन बिदा दिने तयारी

कोरोना संक्रमित निजामती कर्मचारीलाई १४ दिन बिदा दिने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयारी गरेको छ ।

कोरोना संक्रमण भएपछि सामान्यतया १४ दिन आइसोलेसनमा बस्नुपर्ने सरकारको नियमअनुसार कर्मचारीलाई बिदा दिन लागिएको हो ।

निजामती कर्मचारीले वर्षमा १२ दिन बिरामी बिदा पाउने व्यवस्था ऐनमा उल्लेख छ तर, कोरोना सङ्क्रमण भएको वेलालाई उक्त बिदाले नपुग्ने भएकाले छुट्टै बिदा दिने तयारी भएको मन्त्रालयले जनाएको छ ।

यसअघि लकडाउनको अवधिमा कर्मचारीलाई सार्वजनिक बिदाको सुविधा दिने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो । सङ्क्रमित कर्मचारीको हकमा पनि त्यस्तै निर्णय गर्न लागिएको छ ।

यसबारे सामान्य प्रशासन मन्त्रालयले गृह मन्त्रालयसँग मन्त्रिपरिषदमा प्रस्ताव कसले पेश गर्ने भन्नेबारे छलफल भईरहेको छ ।अहिले मुख्यसचिवसहित हजार बढी निजामती कर्मचारी कोरोना भाइरसबाट सङ्क्रमित भइसकेका छन् ।

यद्यपि कतिपय कर्मचारीमा सङ्क्रमण पुष्टि भएको तीन हप्तासम्म पनि रिपोर्ट नेगेटिभ नआएको बताइएको छ भने कतिपय अवस्थामा रिपोर्टमा पोजेटिभ आए पनि जीउ दुखाई र थकान उस्तै भएकोले आरामको आवश्यकता रहेको बताएका छन् ।

प्रकाशित मिति: Oct 30, 2020

प्रतिक्रिया दिनुहोस्