Logo
८ असार २०८२, आईतबार
(October 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाए सोमबार शीर्ष नेताहरुको बैठक

सोमबार  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुको  बैठक बोलाएका छन् ।

कार्यसमिति बैठक अघि पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी लगायतसँग छलफल गर्नका लागि सोमबार शीर्ष नेताहरुको बैठक बोलाएको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले अघि सारेको मागबारे छलफल गर्न १७ असोजमा शीर्ष नेताहरुको बैठक बसेको थियो ।यो छलफललाई १७ असोजको बैठकको निरन्तरता मानिएको छ ।

केही केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि शीर्ष नेताहरुको छलफल र केन्द्रीय कार्यसमिति बैठक दुवै प्रभावित भएको थियो ।नेपाली कांग्रेसले कार्तीक २१ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ ।

प्रकाशित मिति: Oct 30, 2020

प्रतिक्रिया दिनुहोस्