Logo
१६ चैत्र २०८०, शुक्रबार
(October 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रियाले अभिनेता सुशान्तकी बहिनीविरुद्ध लगाएको आरोप काल्पनिक र अड्कलबाजी : सीबीआई

अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु भएको पनि लामो समय भइसकेको छ । तर पनि आत्महत्याको घटना अझै सेलाएको छैन । अहिले पनि अनुसन्धान चलिरहेको छ ।

सीबीआईले दिवंगत अभिनेता सुशान्त सिंह राजपुतको बहिनी विरुद्ध रियाले आरोप लगाई एफआईआरमा दर्ता गरेको मुद्दालाई काल्पनिक र अड्कलबाजीमा आधारित भएको बताएको छ ।

बितेको महिनामा रियाले मुम्बईको बान्द्रा प्रहरी थानामा सुशान्तको बहिनी प्रियंका र मीतु सिंहविरुद्ध सुशान्तको औषधिको नक्कली बिल बनाएको आरोप लगाउदै एफआईआरमा मुद्धा दर्ता गराएकी थिइन् ।

रियाका वकिल सतिसले जारी गरेको मुद्दामा बान्द्रा प्रहरी थानामा नक्कली बिल बनाएको आरोपमा सुशान्तका बहिनीमाथि लगाएको आरोपबारे सीबीआईले काल्पनिक भएको बताएको छ ।

सीबीआईले बम्बे उच्च अदालतमा दायर गरेको मुद्धाबारे यस्तो प्रतिक्रिया दिएको हो । सुशान्त सिंहका पिता के।के सिंहले रिया र उनका परिवारका सदस्यमाथि छानबिन गर्न आग्रह गरेको मुद्दामा सीबीआईले अनुसन्धान गरिरहेको छ ।

रिया चक्रवर्तीले सुशान्तका बहिनीहरुमाथि बिलमा भएको औषधि खाएको ५ दिनपछि सुशान्तको मृत्यु भएकोले उनको निधन हुनुको कारण बहिनी प्रियंका र डा.तरुण कुमारले गैह्रकानुनी औषधि खुलाएको आरोप लगाउदै अनुसन्धान गर्न एफआईआरमा मुद्दा दिएकी थिइन् ।

सुशान्तका बहिनीहरुले आफुहरुमाथि लगाएको आरोपको मुद्दा खारेज गर्न अदालतलाई आग्रह पनि गरेका छन् ।

प्रकाशित मिति: Oct 29, 2020

प्रतिक्रिया दिनुहोस्