Logo
१० असार २०८२, मंगलबार
(October 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने निर्णय

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने भएको छ ।

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार अपराह्न पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा हुने भएको हो ।

पार्टीको आगामी १४ औँ महाधिवेशनको तयारी सन्दर्भमा हुने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थित हुने पार्टीले अनुरोध गरेको छ ।

यसअघि असोज १९ गते बोलाइएको बैठक केही केन्द्रीय सदस्यलाई कोरोना संक्रमण देखिएपछि स्थगित भएको थियो । कोरोना संक्रमणका कारण महाधिवेशनको मिति अनिश्चित बनिरहेको अवस्थामा काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ ।

काँग्रेसको आगामी महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार हुन काँग्रेसका आधा दर्जन भन्दा वढीले इच्छा प्रकट गर्दै आएका छन् ।

काँग्रेसमा रामचन्द्र पौडेल, शेरबहादुर देउवा, कृष्ण सिटौला, शंशाङ्क कोइराला, बिमलेन्द्र निधी, शेखर कोइराला, अर्जुन नरसिंह केसी, रामशरण महत लगायत सभापतिको उम्मेदवार बन्ने चर्चा चल्दै आएको छ ।

प्रकाशित मिति: Oct 29, 2020

प्रतिक्रिया दिनुहोस्