Logo
१२ श्रावण २०८१, शनिबार
(October 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यूरोपमा कोरोना महामारीको दोस्रो लहर सुरु, फ्रान्स र जर्मनीमा राष्ट्रव्यापी लकडाउनको घोषणा

यूरोपमा कोरोना भाइरसको महामारीको दोस्रो लहर देखिनथालेकोले  फ्रान्स र जर्मनीमा  दोस्रो चरणको राष्ट्रव्यापी लकडाउनको घोषणा गरिएको छ ।

दैनिक कोरोना संक्रमित संख्या ह्वात्तै बढ्न थालेपछि यूरोपका शक्तिशाली दुवै देशहरुले लकडाउनको घोषणा गरेका हुन् ।

यसले हिउँद याममा भयावह रुप लिने खतरा बढाएको छ । महामारी भयावह बन्न थालेपछि फ्रान्स र जर्मनीमा लकडाउन घोषणा भएको छ ।

राष्ट्रपति इमानुएल म्याक्रोले कम्तीमा नोभेम्बर महिनाभरि राष्ट्रव्यापी लकडाउन गर्ने घोषणा गरेका हुन् ।राष्ट्रपति म्याक्रोले राष्ट्रको नाममा सम्बोधन गर्दै भोलिदेखि सुरु हुने लकडाउनको नयाँ प्रतिबन्धको बारेमा जानकारी दिएका हुन् ।

नयाँ प्रतिबन्ध अनुसार अति–आवश्यक कामको लागि वा स्वास्थ्यमा समस्या आए मात्रै घरबाट निस्कन पाउने अनुमति छ ।

अधिकतम दुई परिवारका गरी १० जनाभन्दा बढी भेला हुन पाइनेछैन, बार र रेष्टुरेन्टमा सिमित उपस्थिति हुन दिइनेछ, मसाज र टाटु पार्लर बन्द गरिनेछ । तर विद्यालय र कलकारखाना भने खुला रहनेछन् ।

आउँदो डिसेम्बर १ तारिखसम्म प्रतिबन्ध लागू हुने र दुई हप्तापछि यसको मुल्याङ्कन गरिने राष्ट्रपति म्याक्रोले बताए ।

यसैगरी, यूरोपको अर्को शक्तिशाली मुलुक बेलायतमा पनि कोरोना महामारी बढेको छ । एक अध्ययनले बेलायतमा दैनिक एक लाख नयाँ संक्रमित थपिन थालेको देखाएको छ ।

फ्रान्समा कोरोना सङ्क्रमितको संख्या १२ लाख ३५ हजार नाघेको छ । कोरोना कै कारण ३५ हजार ७ सय ८५ जनाको ज्यान गइसेको छ ।

 

प्रकाशित मिति: Oct 29, 2020

प्रतिक्रिया दिनुहोस्