Logo
२४ असार २०८२, मंगलबार
(October 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्मचारीलाई कोरोना पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय सल्यान ८ दिनका लागि सिल

कर्णाली प्रदेश स्थित जिल्ला प्रशासन कार्यालय सल्यान कर्मचारीलाई कोरोना पुष्टि भएपछि ८ दिनका लागि सिल गरिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेले बुधबार एक विज्ञप्तिमार्फत् कार्यालयमा अत्याधिक भिडभाड हुने हुँदा त्यसले सेवाग्राहीमा समेत कोरोना संक्रमनको जोखिम बढाएको हुँदा कार्यालय बन्द गरिएको जानकारी दिएका छन्।

यस बीचमा नागरिकतालगायत अन्य सबै सेवा बन्द हुने भए पनि शान्ति सुरक्षा, मुद्दाको सुनुवाइ र विपद् व्यवस्थापनसम्बन्धी कार्य भने जारी रहने लामिछानेले उल्लेख गरेका छन्।

केही कर्मचारीलाई कोरोना पुष्टि भएपछि कात्तिक १३ गतेदेखि २० गतेसम्मका लागि प्रशासन कार्यालय बन्द गरिएको हो।

प्रकाशित मिति: Oct 29, 2020

प्रतिक्रिया दिनुहोस्