Logo
१३ बैशाख २०८१, बिहीबार
(October 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पोखरामा ३६ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु

गण्डकी प्रदेश स्थित कास्कीको पोखरामा एक ३६ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गतको कोभिड-१९ अस्पतालमा उपचाररत पोखरा महानगरपालिका-१३ की ३६ वर्षीया महिलाको मृत्यु भएको हो ।

आईसीयूमा उपचाररत ती महिलाको गएराति ११ बजे मृत्यु भएको अस्पताल स्रोतले जनाकारी दिएको छ ।उनमा यही कात्तिक ५ गते संक्रमण देखिएपछि अस्पतालमा भर्ना भएकी थिइन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित भइ मृत्यु हुने उनी २० औं व्यक्ति भएको प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित मिति: Oct 29, 2020

प्रतिक्रिया दिनुहोस्