Logo
१ जेष्ठ २०८१, मंगलबार
(October 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कार्तिक १८ गते अयोध्यापुरीमा ‘रामचरित मानस’को सामूहिक पाठपारायण हुने

भगवान् रामको जन्मभूमिबारे अनुसन्धान भइरहेको माडी नगरपालिकाको अयोध्यापुरीमा ‘रामचरित मानस’को सामूहिक पाठपारायण हुने भएको छ ।

नेपालीमा अनूदित सो पुस्तकको सुन्दर काण्डको पारायण यही कार्तिक १८ गते गर्न लागिएको हो ।सोह्रौँ शताब्दीमा गोस्वामी तुल्सीदासद्वारा अवधी भाषामा लिखित सो पुस्तक तुल्सीराम शर्माले नेपालीमा अनुवाद गरेपछि नेपालसँगै विश्वका धेरै देशमा यसको पारायण थालिएको छ ।

शर्माका अनुसार अयोध्यापुरीमा श्रीअयोध्या अध्ययन अनुसन्धान तथा व्यवस्थापन समिति माडी र श्रीरामजानकी अनुसन्धान एवम् अध्ययनमण्डल अमेरिकाको संयुक्त आयोजनामा सामूहिक पारायण गर्न लागिएको हो ।

सो पुस्तकका सात काण्डमध्ये सुन्दर काण्ड चर्चित छ । पुस्तकमा रामको बाल्यकालदेखिका जीवनका सबै घटनाक्रम उल्लेख छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले माडीको अयोध्यापुरी क्षेत्रमा रामको जन्म भएको बताउनुभएपछि माडी नगरपालिकाले आवश्यक अध्ययनअनुसन्धान गरिरहेको छ ।

सो क्षेत्रमा एक सय बिघा जग्गा छुट्याएर मन्दिरलगायत धार्मिक संरचना निर्माणको प्रक्रिया पनि अघि बढाइएको छ ।

प्रकाशित मिति: Oct 28, 2020

प्रतिक्रिया दिनुहोस्