Logo
१२ श्रावण २०८१, शनिबार
(October 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२४ घण्टामा १ हजार ९५४ नयाँ कोरोना संक्रमित थपिए, ११ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९५४ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ८ हजार २ सय ४८ जनाको पीसीआर परीक्षण गरिएकोमा थप १ हजार ९ ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६२ हजार ३ सय ५४ सय पुगेको छ।

बुधबार २ हजार ९ सय ८१ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बताएको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख २१ हजार ८ सय २४ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ६ सय ४३ रहेको छ भने २ हजार ८ सय ८९ जना क्वारेन्टिनमा छन्।

पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ सय ८७ पुगेको छ।

प्रकाशित मिति: Oct 28, 2020

प्रतिक्रिया दिनुहोस्