Logo
२१ बैशाख २०८१, शुक्रबार
(October 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीन-भारत सीमा विवादमा हस्तक्षेप नगर्न अमेरिकालाई चीनको चेतावनी

भारत र चीनको बीचको सीमा सम्बन्धी विषयमा हस्तक्षेप नगर्न चीनले अमेरिकालाई चेतावनी दिएको छ ।

भारत भ्रमणको क्रममा अमेरिकी विदेशमन्त्री माइक पम्पियोले दिएको अभिव्यक्तिप्रति आलोचना गर्दै चीनले अमेरिकालाई चेतावनी दिएको हो ।

भारत भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री पम्पियोले भारतका विदेशमन्त्री एस जयशंकर र रक्षामन्त्री राजनाथ सिंहसँगको भेटमा चीनले प्रजातन्त्र, कानुनी शासन र पारदर्शीतालाई नमानेको अभिव्यक्ति दिएका थिए ।

दिल्लीस्थित चिनियाँ दूतावासले एक विज्ञप्ति जारी गर्दै भारत र चीनको बीचको सीमा सम्बन्धी विषयमा हस्तक्षेप नगर्न चेतावनी दिएको अमेरिकालाई चेतावनी दिएको हो ।

‘अमेरिकी अधिकारीहरुले बारम्बार झुटो बोलिरहेका छन् र चीनविरुद्ध आक्रमण र विभिन्न आरोप लगाइरहेका छन् । यो कूटनीतिको आधारभूत सिद्धान्तको बर्खिलाफ हो’ दिल्लीस्थित चिनियाँ दूतावासले भनेको छ ’दिल्लीस्थित चिनियाँ दूतावासले भनेको छ ।

दूतावासले भारत र चीन बीचको सीमा विवाद दुईपक्षीय भएको र यसलाई समाधान गर्नका लागि बारम्बार वार्ता भइरहेको समेत उल्लेख गर्दै भनेको छ, ‘दूतावासले अगाडि भनेको छ, ‘भारत र चीनसँग असहमतिहरुलाई ठीक ढंगले समाधान गर्ने ज्ञान र क्षमता छ । तेस्रो पक्षलाई हस्तक्षेप गर्ने कुनै ठाउँ छैन ।’

प्रकाशित मिति: Oct 28, 2020

प्रतिक्रिया दिनुहोस्