चितवनमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु

बागमती प्रदेश स्थित चितवनमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।
चितवन मेडिकल कलेजमा उपचार गराइरहेका नवलपुर जिल्ला गैंडाकोट नगरपालिका-२ निवासी ५४ वर्षीय पुरुषको हिजो साँझ कोरोनाका कारण मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
कार्तिक ३ गते स्वासप्रश्वासको समस्या भई अस्पताल भर्ना भएका उनमा भोलीपल्ट संक्रमण पुष्टी भएको थियो ।मधुमेहका विरामी उनलाई सघन उपचार कक्षमा भेन्टीलेटरको सहायताले उपचार गरिएको थियो ।
यस्तै भरतपुर सरकारी अस्पतालमा उपचाररत गोरखाकी १९ वर्षीया युवतीको पनि कोरोनाका कारण हिजो मृत्यु भएको छ ।
बारपाक सुलिकोट गाउँपालिका- १ की युवतीको कार्तिक ५ गते कोभिड-१९ संक्रमण पुष्टी भई श्वासप्रश्वासमा समस्या भएपछि कार्तिक ६ गते अस्पतालको कोभिड आइसीयुमा उपचार भइरहेको थियो ।
हिजो मात्र स्वास्थ्य मन्त्रालयले थप १४ जनाको मृत्यु भएको पुष्टि गरेको थियो ।योसँगै नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ सय ७८ पुगेको छ ।