Logo
१२ बैशाख २०८१, बुधबार
(October 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोरोना संक्रमण पुष्टि

बागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड-१९ को सङ्क्रमण पुष्टि भएको छ ।

उनले मङ्गलवार पिसिआर रिपोर्ट पोजेटिभ आएको बताएका छन् । उनी प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दशैँमा झापाको मेचीनगरस्थित घर आएका थिए ।

विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामानय रहेको उनले बताए । हाल घरमै आइसोलेसनमा रहेका छन् भने उनका छोरा राजेशलाई पनि कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति: Oct 28, 2020

प्रतिक्रिया दिनुहोस्