Logo
७ बैशाख २०८१, शुक्रबार
(October 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय सेना प्रमुख नरभाने नोभेम्बर ४ तारिखमा नेपाल आउदैँ

भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने नोभेम्बर ४ तारिखमा नेपाल भ्रमणको लागि आउने भएका छन् ।

उनी तीन दिने नेपाल भ्रमणका लागि आउन लागेका हुन् । उनको भ्रमणको यो मिति भारतीय पक्षले तोकेको हो ।भारतीय पक्षले नै तय गरेको मितिलाई नै औपचारिकता दिने बढी सम्भावना रहेको स्रोतले बतायो ।

नेपाली पक्षसँग यसबारे छलफल भएको थिएन,’ नेपाली सेनाको जंगीअड्डा स्रोतले बताएको छ । ‘आज दुई देशका अधिकारीबीच भ्रमणको मितिलाई औपचारिक टुंगो लगाउने विषयमा छलफल हुन्छ ।’

नेपाल र भारत दुवै देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने प्रचलन छ । त्यसैका लागि नरभाने नेपाल आउन लागेका हुन् ।

भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतको क्षेत्रलाई मिचेर सडक निर्माण गरेपछि दुई देशबीच चर्किएको सीमा विवाद चर्किएको थियो ।त्यहीबीच नरभानेले नेपालले कसैको इसारामा लिपुलेकको मुद्दा उचालेको भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए ।

नेपाल र भारतबीच सीमा विवाद चर्किएपछि पहिलो पटक भारतीय पक्षबाट यो स्तरको भ्रमण हुन लागेको हो ।भारतीय सेना प्रमुखको भ्रमणको क्रममा सीमा विवादको विषयमा पनि अनौपचारिक तरिकाले कुराकानी हुने अपेक्षा गरिएको छ ।

 

प्रकाशित मिति: Oct 27, 2020

प्रतिक्रिया दिनुहोस्