Logo
२१ बैशाख २०८१, शुक्रबार
(October 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजदेखि नेपालमा विज्ञापनरहित प्रसारण नियम लागू

नेपालमा आजदेखि विज्ञापनरहित प्रसारण नियम लागू भएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजदेखि क्लिनफिड प्रसारणको नियम लागू भएको जानकारी दिएको छ।

विज्ञापनरहित प्रसारणको नियम आजदेखि कार्यान्वयनमा आउने र नियम कार्यान्वयन भएन भएको भोलिदेखि निरन्तर अनुगमनसमेत हुने सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताएका छन्।

गत वर्षको कार्तिक ८ गतेदेखि लागू भएको विज्ञापन नियमन गर्ने ऐन, २०७६ मा विदेशी च्यानलहरु विज्ञापनरहित प्रसारण गर्नुपर्ने व्यवस्था छ।

सोही व्यवस्थाको आजदेखि कार्यान्वयन गर्नेबारे गत ४ गते बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो।विज्ञापन नियमन गर्ने ऐन, २०७६ को मर्म र भावना अनुरुप तोकिएको मितिदेखि क्लिन फिड प्रसारण गर्न गराउन तथा कानून अनुसार तोकिएको मितिमा क्लिन फिड प्रसारण नभएमा कानून अनुसार हुने व्यहोरा सम्बन्धित निकायहरुलाई यसअघि नै जानकारी गराइसकिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ।

अब विदेशी च्यानलका सामग्रीहरु विज्ञापनरहित प्रसारण गर्नुपर्ने छ भने विदेशी विज्ञापन डबिङ गरी प्रसारण गर्न पनि पाइने छैन।

प्रकाशित मिति: Oct 23, 2020

प्रतिक्रिया दिनुहोस्