Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तस्करबाट मारिएका प्रहरीका परिवारलाई २/२ लाख दिने प्रदेश सरकारको निर्णय

तस्करी नियन्त्रण गर्ने क्रममा मारिएका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र प्रहरी जवान रामबहादुर साउँदका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले २/२ लाख रुपैयाँ दिने भएको छ ।

बिहीवार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकमा दुवै परिवारलाई २/२ लाख दिने निर्णय गरिएको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले बताए ।

तत्काल परिवारका सदस्यलाई १/१ लाख रुपैयाँ उपलब्ध गराउने र बाँकी १ लाख सन्तानको लागि मुद्धति खातामा राखिदिने निर्णय गरिएको मन्त्री बोहराले जानकारी दिए ।

तस्करी नियन्त्रण गर्ने क्रममा तस्करद्वारा अस्थायी प्रहरी पोस्ट जुगेडाका प्रमुख समेत रहेका असई विक र प्रहरी जवान साउँदको हत्या गरिएको थियो ।

शनिवार राति कर्तव्यपालनका क्रममा बेपत्ता भएका विक आइतवार र साउँद मंगलवार मोहना नदीमा घाटी रेटेको अवस्थामा फेला परेका थिए ।

दुवैका परिवारलाई आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले भेटेर राहतको लागि आश्वासन दिएका थिए । मन्त्री बोहराकै पहलमा प्रदेश सरकारले दुवै परिवारलाई २/२ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रकाशित मिति: Oct 22, 2020

प्रतिक्रिया दिनुहोस्