Logo
१५ चैत्र २०८०, बिहीबार
(October 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओलीसँग ‘रअ’ प्रमुखले भेट गरेको पुष्टि, राजनीतिमा उब्जीयो थप आशंका

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ(९रअ) का प्रमुख सामन्तकुमार गोयलबीच भेटवार्ता भएको पुष्टि भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बिहीबार प्रेस नोट जारी गर्दै रअ प्रमुखसँग भेट भएको जानकारी दिएका हुन् । उनले भनेका छन्, ‘उहाँ (रअ प्रमुख) भेटका लागि बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आउनुभएको थियो’

भेटका क्रममा गोलयले नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राखेको थापाले बताएका छन् ।

आम जनमानिस देखि नेता सम्मलाई आखिर किन आउदैँ छन् भारतीय गुप्तचररअ प्रमूख भनेर जिज्ञासा जागेको थियो हिजो र फेरि आज विहानै फकिएको थाहापाए पछि कसलाई भेटेर गए उनी भन्ने सबैको जनचासो देखिएको थियो ।

साथै हिजो नेपाल आएर आजै दिल्ली फर्किएका गोयलले नेपालको राजनीतिमा थप आशंका उब्जाएको छ । कार्यकारी अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता माधव कुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले पत्रपत्रिका पढेर भारतीय गुप्तचरको भ्रमणबारे थाहा पाएका थिए ।

त्यस्तै कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयललाई नभेटेको सचिवालयले स्पष्ट पारेका छन् ।

गोयलले देउवालाई भेटेको समाचार आएपछि उनको सचिवालयले उक्त समाचारमा सत्यता नभएको भन्दै स्पष्टीकरण दिएको हो ।सत्तारुढदलका बरिष्ठ नेता लगाएत देउवाले नभेटेको दावी गरेका छन् । अहिले जुन प्रधानमन्त्रीलाई भेटेको खबर बाहिरीयो यसबाट राजनीतिमा झन हल्चल मच्चाएको छ ।

 

प्रकाशित मिति: Oct 22, 2020

प्रतिक्रिया दिनुहोस्