Logo
७ बैशाख २०८१, शुक्रबार
(October 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ललितपुरको गोदावरी नगरपालिकाले आजदेखि निःशुल्क पीसीआर परीक्षण गर्दै

बाग्मती प्रदेश स्थित ललितपुरको गोदावरी नगरपालिकाले आजदेखि निःशुल्क कोरोना परीक्षण गर्ने भएको छ ।

सरकारले कोरोना सक्रमितको उपचार आफैले गर्ने भनेपछि नगरपालिकाले नगरबासीहरुको आजदेखि निःशुल्क कोरोना परीक्षण लागेको हो ।

नगरपालिकाका अनुसार लक्षण देखिएका व्यक्तिहरुको आनन्दवन अस्पतालमा निःशुल्क पीसीआर परीक्षण गरिने छ ।

नगरप्रमुख गजेन्द्र महर्जनले लक्षण देखिएकाहरुको नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट निःशुल्क पीसीआर परीक्षण गरिने जनाएका छन् ।

प्रकाशित मिति: Oct 22, 2020

प्रतिक्रिया दिनुहोस्