Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साहित सिङ ठकुरीको यथार्थ घटनामा आधारित “एन्जोल” गीत सार्वजनिक

काठमाण्डौं : गायक सुरज कलाखेतीको स्वरमा सजिएको एन्जोल कोलको गीत सार्वजनिक भएको छ । यस गीत एउटा परिवारको सदस्यमा भएको जीवनको यथार्थ घटनामा आधारित रहेको छ । गीतमा शब्द रचना साहित सिङ ठकुरीको रहेको छ भने संगित ऋषि थापाको र स्वर सुरज कलाखेतीको रहेको छ ।

यस गीतको म्युजिक भिडियोमा आमा बाबुको भूमिकामा कलाकार तथा यस गीतका शब्द रचनाकार साहित सिङ ठकुरी, एशु श्रेष्ठ रहेका छन् भने छोरीको भूमिकामा बाल कलाकारसाहित सिङ ठकुरीकै छोरी एन्जल सिङ ठकूरी रहेकी छिन् ।

गीतमा एउटा बाबु आमा बेमेल हुँदा सन्तानलाई पर्न जाने नकरात्मक असरबारे प्रस्ट्याईएको छ । उक्त गीत साहित सिहं ठकुरीको आफ्नै युटयुुब च्यानलबाट सार्वजिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्