Logo
१९ बैशाख २०८१, बुधबार
(October 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख काठमाडौँमा किन आए ?

भारतीय गुप्तचर संस्था रअ का प्रमुख सामन्त कुमार गोयल काठमाडौँ आएका छन् । उनी काठमाडौ आएको पुष्टि उच्च सुरक्षा स्रोतले गरेको छ ।

नेपाली भूमि लिम्पियाधुरा–कालापानी भारतले अतिक्रमण गरेपछि नेपालले ७ जेठमा नयाँ राजनीतिक एवं प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो ।

झण्डै एक वर्षदेखि दुई देशबीच राजनीतिक तहमा संवाद समेत भएको छैन ।

राष्ट्रिय अनुसन्धान विभागका एक उच्च अधिकारीका अनुसार सीमा विवादलाई लिएर बढेको दुई देशबीचको दुरीलाई कम गर्ने म्यान्डेटसहित गोयाल काठमाडौं ओर्लिएका हुन् ।

नेपाल आउनुको प्रमुख कारण नेपालमा भारतबारे पछिल्लो बुझाई, दृष्टिकोण बुझ्ने कतिपयको अनुमान छ ।

नोभेम्बर पहिलो साता भारतिय सेना प्रमुख एमएम नरबाणेको भ्रमणको पूर्वसन्ध्यामा उनी नेपाल आएका हुन् ।

प्रकाशित मिति: Oct 21, 2020

प्रतिक्रिया दिनुहोस्