Logo
१५ चैत्र २०८०, बिहीबार
(October 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा संक्रमण आगोसरी फैलिदैँ, एकैदिन ५ हजार ७४३ जनामा कोरोना पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ७४३ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा २० हजार ११८ जनाको पिसिआर परीक्षण भएको गरिएको मध्ये ५ हजार ७४३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै कुल संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार ९९६ छ। योसँगै हालसम्म ९९ हजार ६०५ जना निको भएका छन्। पछिल्लो २४ घण्टामा थप २६ जनाको मृत्यु भएको छ।

योसँगै मृतकको संख्या ७९१ पुगेको छ। आज देशभर ४४ हजार ४७६ जना सक्रिय संक्रमित छन्।

प्रकाशित मिति: Oct 21, 2020

प्रतिक्रिया दिनुहोस्