Logo
१२ बैशाख २०८१, बुधबार
(October 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निषेधाज्ञा तोडिएपछि खलंगामा सेना परिचालन !

दार्चुला सदरमुकाम खलंगामा निषेधाज्ञा तोड्न थालिएपछि प्रशासनले सेना परिचालन गरेको छ।

सदरमुकाम खलंगामा कोरोना संक्रमण बढ्दै गएपछि प्रशासनले चरणवद्ध रूपमा निषेधाज्ञा जारी गरिरहेको थियो।

खलंगा बजारको एक ठाउँमा तीन सातादेखि निषेधाज्ञा छ। अर्को ठाउँमा पनि संक्रमण बढेपछि सातायता निषेधाज्ञा जारी गरिएको छ।

प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलका अनुसार पसल खोल्ने, मानिसहरू हिँडडुल गर्ने र सामाजिक दूरीसमेत कायम नहुने भएपछि सेना परिचालन गरिएको हो।

‘निषेधाज्ञा उल्लंघन हुने क्रम बढेपछि मानिसहरूमा मनोवैज्ञानिक रूपमा सजग गराउन सेनाले गस्ती गरेको हो,’ पोखरेलले भने।

खलंगा बजारमा करिब सय जनामा कोरोना संक्रमण छ। जिल्लामा अढाइ सय संख्यामा कोरोना संक्रमित छन्।

प्रकाशित मिति: Oct 21, 2020

प्रतिक्रिया दिनुहोस्