Logo
७ बैशाख २०८१, शुक्रबार
(October 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वरिष्ठ कार्यकारी विकास कार्यक्रमका लागि सहसचिवको नामावली पठाउन प्रशासनिक प्रतिष्ठानको अनुरोध

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले कार्तिक २४ गतेदेखि २०७८ वैशाख २२ गतेसम्म सञ्चालन गर्ने ६ महिने ३९ औँ वरिष्ठ कार्यकारी विकास कार्यक्रमका लागि सहसचिवहरूको नामावलीको माग गरेको छ ।

लिडरसिप, इन्टिग्रिटी, स्ट्याटजिक म्यानेजमेन्ट, गभर्नेन्स र पोसिली म्यानेजमेन्ट गरी विभिन्न पाँच वटा मोड्यूल र इन्टर मोड्यूल एक्सन लर्निङसहितको उक्त कार्यक्रमका लागि २५ जना राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृत(सहसचिव)को मनोनयन गरी नामावली पठाउन प्रतिष्ठानले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको हो ।

प्रतिष्ठानले पत्र पठाएको करिब दुई हप्तापछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, निकाय, कार्यालय तथा सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गर्दै ४ वर्ष सेवा अवधि पुरा भएका वरिष्ठत सहसचिवको पीआइएससहित नामावली पठाउन परिपत्र जारी गरेको छ ।

प्रकाशित मिति: Oct 21, 2020

प्रतिक्रिया दिनुहोस्