Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुदूरपश्चिममा अहिलेसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ हजार ४२१ जना पुग्यो

सुदूरपश्चिम प्रदेशमा पछिल्लो तथ्यांक अनुसार कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ हजार ४ सय २१ जना पुगेको छ ।

सुदूरपश्चिम प्रदेशमा हिजो मंगलबारसम्म कोरोना संक्रमण पुष्टि भएका ८ हजार ८ सय ४२ मध्ये ७ हजार ४ सय २१ जना संक्रमण मुक्त भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

मंगलबार अछामका १४ जना, बैतडीबाट ३ जना, कञ्चनपुरबाट २ जना, बझाङका ५ जना, दार्चुलाका एकजना र कञ्चनपुरका पाँचजना गरि ३० जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ७ हजार ४ सय २१ पुगेको हो ।

अब सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा संक्रिय संक्रमितको संख्या १ हजार ४ सय २ पुगेको रहेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सबैभन्दा धेरै कैलालीमा ६ सय ३६, डोटीमा १ सय ४६, कञ्चनपुरमा १ सय ४१, बझाङमा १ सय ४५, अछाममा ८०, बैतडीमा ५२, डडेल्धुरामा ६१, दार्चुलामा १ सय ३० जना र बाजुरा ६ जनामा कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।

सुदूरपश्चिममा २ हजार ७ सय ५६ जनाको स्वाबको रिर्पोट आउन बाँकी रहेको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा हालसम्म २१ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ ।

प्रकाशित मिति: Oct 21, 2020

प्रतिक्रिया दिनुहोस्