Logo
१३ बैशाख २०८१, बिहीबार
(October 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नाटकिय रुपमा ८ वर्षीय बालकको अपहरण ! तीन घन्टामा प्रहरीको अप्रेसन सफल

बाराको सिम्रौनगढ–१ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–४ मनकामना चोक बस्ने गुड्डी साहकी छोरी ८ वर्षीया अनुखा साहलाई कोठाभन्दा बाहिर घरआँगनमा खेलिरहेको समयमा अपरिचित व्यक्तिले अपहरण गरे ।

साँझ साढे ७ बजेतिर भएको अपहरणलगत्तै आफन्तले महानगरीय प्रहरी वृत्त सातदोबाटोमा मौखिक जानकारी दिए । साइकलमा आएका व्यक्तिहरूले बालिकालाई अपहरण गरेका थिए ।

प्रहरीले तत्कालै प्रहरी नायव उपरीक्षक मित्रबन्धु शर्माको कमाण्डमा प्रहरी टोली परिचालन गर्‍यो । प्रहरीले प्रविधि समेतको प्रयोग गरी खोजतलास गर्दै ३ घण्टाभित्रै जाँदा राति सवा १० बजेतिर बालिकालाई फेला पार्न सफल भयो ।

ललितपुर जिल्लाको ललितपुर महानगरपालिका–२९ हरिसिद्दीस्थित सिता परियारको कोठामा बन्धक बनाई राखेको अवस्थामा प्रहरीले बालिकालाई फेला पारेर तत्कालै उद्धार गरी अपहरणमुक्त गरेको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ ।

बालिका अपहरण गरेर शरीर बन्धक गरी राख्ने कार्यमा मुख्य भूमिका निर्वाह गर्ने ३ जनालाई पक्राउ गरेर अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका–८ बासटोल घर भई ललितपुर महानगरपालिका–२९ हरिसिद्दी बस्ने ३० वर्षीय राजु कार्की, काभ्रेको नमोबुद्ध नगरपालिका–८ बुझाकोट घर भई ललितपुर–२९ हरिसिद्दी बस्ने २३ वर्षीया सिता परियार र धनुषाको धारापानी गाउँपालिका–२ घर भई ललितपुर–२९ हरिसिद्दी बस्ने ४० वर्षीय कृष्ण तोलामी रहेका छन् ।

प्रहरीले घटनामा प्रयोग भएको हरियो रंगको साइकल समेत बरामद गरेको जनाएको छ ।

प्रकाशित मिति: Oct 20, 2020

प्रतिक्रिया दिनुहोस्