Logo
१५ चैत्र २०८०, बिहीबार
(October 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गोकुल बाँस्कोटाले अख्तियारबाट ‘क्लिन चिट’ पाउने लभभग पक्का !

घुस खान खोजेको टेप रेकर्ड सार्वजनिक भएपछि संचारमन्त्रीबाट राजीनामा दिन बाध्य भएका गोकुल बास्कोटालाई अख्तियारबाट क्लिन चिट दिने लगभग पक्का जस्तै बनेको छ ।

सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड घुसको डिल गरेको आरोप लागेका पूर्वसञ्चारमन्त्री एवं नेकपा सांसद बाँस्कोटामाथि थप छानविन गर्न प्रमाण प्राप्त नभएको निष्कर्श निकाल्दै अख्तियारले क्लिन चिट दिने तयारी गरेको हो ।

घुस डिल गरेकोबारे बाँस्कोटासँग बयान लिइएको र मिश्रलाई सम्पर्कमा आउन पटक–पटक ताकेता गरी सार्वजनिक सूचनासमेत जारी गरिएको जिकिर अख्तियारले गरेको छ। लेखा समितिले केही हप्ताअघि समितिबाट थप छानबिन गर्नु भनि पठाएका विषयहरुमा जवाफ माग गर्दै पत्र लेखेको थियो।

उक्त पत्रको जवाफमा अख्तियारले समिति बनाएर अनुसन्धान सुरु भएको जवाफ दिएको हो। स्वीस कम्पनीका स्थानीय एजेन्ट भनिएका विजयप्रसाद मिश्रलाई अख्तियारमा उपस्थित भएर प्रमाणहरु पेश गर्न भनिएको अख्तियारको जिकीर छ। स्वीस कम्पनीका एजेन्टसँग गरिएको कुराकानीका विषयमा मन्त्री र सुरक्षा मुद्रणमा संलग्न पदाधिकारीसँग अनुसन्धानका लागि आवश्यक जानकारी लिइएको अख्तियारले समितिलाई पठाएको पत्रमा उल्लेख छ।

मन्त्री बाँस्कोटा र मिश्रका बीचमा भएको संवादको अडियो र भिडियो प्रारम्भिक परीक्षण गरिएको आयोगले जनाएको छ। थप अनुसन्धानका लागि यसको वास्तविक (ओर्जिनल) कन्टेन्टसहितको विवरण आवश्यक देखिएकाले पेश गर्न मिश्रका नाममा सूचना जारी गरिएको आयोगले जनाएको छ। मिश्र अख्तियारमा उपस्थित भएपछि अनुसन्धान अघि बढाउने आयोगले जनाएको छ।

प्रकाशित मिति: Oct 20, 2020

प्रतिक्रिया दिनुहोस्