Logo
१२ श्रावण २०८१, शनिबार
(October 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्युठानमा भएको बस दुर्घटनामा चालकको मृत्यु, तीन घाइते

लुम्बिनी प्रदेश स्थित प्युठानमा बस दुर्घटनामा चालकको मृत्यु भएको छ ।

जिल्लाको माण्डवी गाउँपालिका-१ तिरामदेखि दाङको घोराहीको लागि छुटेको ना ४ ख ५५६१ नम्बरको बस आज बिहान माण्डवी गाउँपालिका-२ गोलवाङमा दुर्घटना भएको हो ।

तीन जना यात्रु सवार रहेको बस मोड्ने क्रममा बे्रक नलागेपछि दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बस चालक दाङ बन्जाडेका ४० वर्षीय तारा रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक पोषण ढकालले बताए ।

सो दुर्घटनामा तीन यात्रु घाइते भएका छन् । बङ्गलाचुली गाउँपालिका-३ की ३० वर्षीया वसन्ता विक, माण्डवी १ तिराम बस्ने वर्ष ४५ को लक्ष्मी खत्री गम्भीर घाइते हुनुभएको छ भने माण्डवी गाउँपालिका-१ तिरामका ६६ वर्षीय गोकर्ण अधिकारी सामान्य घाइते भएको सूचना अधिकारी ढकालले बताए ।

बस सडकदेखि २०० मिटर तल खसेको छ । घाइतेलाई उपचारका लागि दाङ पठाउने तयारी छ ।

प्रकाशित मिति: Oct 20, 2020

प्रतिक्रिया दिनुहोस्