Logo
७ बैशाख २०८१, शुक्रबार
(October 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जसपाको संघिय परिषद अध्यक्षमा बाबुराम भट्टराई चयन

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई जनता समाजवादी पार्टी (जसपा) को संघिय परिषद अध्यक्षमा चयन भएका छन् ।

सोमबार र मंगलबार बसेको केन्द्रीय कार्यकारिणी परिषद्को बैठकमा डा. भट्टराईलाई अध्यक्ष बनाउने सर्वसम्मत निर्णय गरेको हो । जसपाका एक नेताले डा. भट्टराईलाई पार्टी एकताताका गरिएको सहमतिअनुसार अध्यक्षमा चयन गरिएको जानकारी दिए ।

राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकीकरण भएर जनता समाजवादी पार्टी बनेको थियो । निर्वाचन आयोगमा पार्टी दर्ता जानुअगाडि भट्टराई अध्यक्ष रहेको बताए पनि अन्तिम समयमा आएर अध्यक्षबाट भट्टराईको नाममा टिपेक्स लागेको थियो ।

प्रकाशित मिति: Oct 20, 2020

प्रतिक्रिया दिनुहोस्