Logo
६ बैशाख २०८१, बिहीबार
(October 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कक्षा ११ मा नयाँ पाठ्यक्रम अनुसार पढाउन सबै विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

कक्षा ११ मा नयाँ पाठ्यक्रम अनुसार पढाउन सबै विद्यालयलाई शिक्षा मन्त्रालयले निर्देशन दिएको छ ।

कतिपय विद्यालयले पुरानै पाठ्यक्रम अनुसार पढाएको गुनासो आएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उक्त निर्देशन जारी गरेको हो ।

मन्त्रालयका अनुसार कक्षा ११ सञ्चालन भएका सबै विद्यालयहरूले कक्षाको स्वीकृत नयाँ पाठ्यक्रम अनुसार मात्र पठनपाठन गर्न, गराउन तथा सोही अनुसार विद्यार्थीको मुल्यांकन गर्ने व्यवस्था गर्नसमेत सम्बन्धित सबै विद्यालयहरूलाई जानकारी गराइएको छ ।

अभिभावक तथा विद्यार्थीलाई पनि नयाँ पाठ्यक्रम पढाइ हुने निश्चित भएपछि मात्रै भर्ना गर्न र गराउन आग्रह गरिएको छ ।

पाठ्यक्रम लागु भएरनभएको अनुगमन गर्न सम्बन्धित स्थानीय तहलाईनै जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: Oct 20, 2020

प्रतिक्रिया दिनुहोस्