Logo
७ बैशाख २०८१, शुक्रबार
(October 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दलमा देखिएको विवाद समाधान गर्न कर्णाली प्रदेशलाई नै नेकपा अध्यक्षद्वयको निर्देशन

पछिल्लो समयमा नेकपाको कर्णाली प्रदेशमा देखिएको विवादको समस्या समाधान गर्नको लागि आज विहान प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल भएको छ ।

उक्त छलफल पछि नेकपा ओली र प्रचण्डले कर्णाली प्रदेशमा देखिएको समस्या समाधान गर्न त्यहाँको पार्टी कमिटी र संसदीय दललाई नै निर्देशन दिएका छन् ।

छलफलमा कर्णाली प्रदेश संसदीय दलमा देखापरेका समस्या समाधान गर्न त्यहीँको पार्टी कमिटी, संसदीय दललाई नै दिएको प्रचण्डको प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।

“आज बिहान दुईजना अध्यक्षबीच छलफल भयो,” उनले भने, “त्यहाँको संसदीय दलको समस्या समाधान गर्न त्यहीँको पार्टी संसदीय दललाई जिम्मा दिने कुराकानी भएको छ ।”

गत आइतबार ९असोज २५ गते० मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध त्यहाँका संसदीय दलका १८ सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । जसमा ओली पक्षका ८ जना, माधव नेपाल पक्षका ७ जना र पूर्वमाओवादी केन्द्रका ३ जना सांसद थिए ।

विवाद उत्कर्षतिर अभिमुख भएपछि अध्यक्षद्वय ओली, प्रचण्डले पत्रै काटेर दुवै पक्षलाई काठमाडौं बोलाएका थिए । दुवै अध्यक्षले सबै पक्षसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।

दुवै पक्षसँगको कुराकानीका आधारमा समस्या समाधान गर्न प्रदेशलाई नै जिम्मा दिएको प्रचण्ड स्रोतले जानकारी दिए ।अविश्वासको प्रस्तावबाट नेपालसमूह पछि हटिसकेको छ ।

नेपाल समूहका ८ जना सांसदरूले समर्थन दिनेबित्तिकै महेन्द्र शाही बहुमतमा पुग्छन् । अहिले मुख्यमन्त्री शाहीसँग १२ सांसद छन् । संसदीय दलको बैठक कात्तिक ७ गतेलाई तय भएको छ ।

सम्भवतः त्यही बैठकले अविश्वासको प्रस्तावबारे निर्णय गर्नेछ ।

प्रकाशित मिति: Oct 20, 2020

प्रतिक्रिया दिनुहोस्