Logo
१३ बैशाख २०८१, बिहीबार
(October 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुटवल कोरोना बिशेष अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

लुम्बिनी प्रदेश स्थित रुपन्देहीमा कोरोना अस्पताल बुटवलमा उपचारका क्रममा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका वडा नंं. ११ की ४१ वर्षीया महिलाको कोरोना अस्पताल बुटवलमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको हो ।

सोमबार कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको भेन्टिलेटरको सहायतामा आईसीयूमा उपचार भइरहेकामा मंगलबार बिहान सवा ५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारीले जनाकारी दिएका छन् ।

मृतक महिला पहिले देखिनै मधुमेहको दीर्घरोगी भएको जानकारी दिएका छन् । योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका जनाएको छ ।

 

प्रकाशित मिति: Oct 20, 2020

प्रतिक्रिया दिनुहोस्