Logo
१५ चैत्र २०८०, बिहीबार
(October 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तपाईमा नुन बढी खाने बानी छ भने सावधान् ! शरीरमा यी समस्या हुन सक्छ

नुन भन्ने वितिकै हामीले खानालाई सम्झने गछौ । किन भने नुन विनाको खाना त्यति स्वादीलो हुदैन । हामीले भात सँग खाने सबै तरकारीजन्य परिकारमा नुन प्रयोग गर्ने गर्छौ ।

हाम्रो शरीरलाई पनि नुन नभइनहुने तत्व हो । त्यसले नुन स्वास्थ्यका लागि फाइदाजनक छ । नुन यदि हामीले खाएनौ भने हामीलाई हाम्रो शरीरमा आलश्यता पैदा हुने गर्छ त्यसले पनि हाम्रो शरीरमा नुन हुन अति आवश्यक छ ।

तर आवश्यकताभन्दा बढी खाएमा यसले स्वास्थ्यलाई पनि हानी गर्ने सक्छ । एक नेपाली उख्खानमा भनिएको छ नी ”कुनै पनि चिज थोरै खाए अमृत धेरै खाए बिष हुन्छ” त्यसैले त हामीले जुनसुकै चिज खाँदा सन्तुलित तरिकाले सेवन गर्नु पर्ने हुन्छ ।

-नुन शरीरका लागि आवश्यक छ। तर, आवश्कताभन्दा बढी खाएमा यसले स्वास्थ्यसम्बन्धी विभिन्न समस्या निम्त्याउन सक्छ। उच्च रक्तचापलगायत समस्या देखिन सक्छन्। शरीरमा नुनको मात्रा बढी हुँदा रगतमा आइरनको कमी हुन जान्छ। जसले गर्दा एसिडिटीको समस्या देखिन्छ। भोग नलागे पनि भोक महसुस हुन्छ। मोटोपन बढ्न सक्छ।

-नुनको मात्रा बढी कैयौँ शारीरिक समस्या निम्तिने गर्छ । शरीरमा पानीको कमी हुने, निश्चित अंगमा पानी जम्मा हुने, शरीर सुन्निने जस्ता समस्या हुन्छ ।

–खानामा बढी नुन नराख्ने, तारेको खाना कम खाने, नुन नमिसाई सलाद खाने, अचार–चटनीमा पनि नुन कम राख्नेलगायत गर्न सकिन्छ।

-कतिपयले खानेकुरामा नुन छर्केर खाने गर्छन् । जुन स्वास्थ्यका लागि खतरनाक मानिन्छ । तसर्थ, सकेसम्म खानामा नुनको मात्रा कम गर्ने । साथ, फास्टफुड र जंकफुड खानबाट बच्नुपर्छ । किनकि, यस्ता खाद्यपदार्थमा नुनको मात्रा अधिक हुन्छ ।

-त्यस्तै, शरीरमा नुनको मात्राा बढी भएमा मिर्गौलामा पत्थरी, उच्च रक्तचाप, मुटुमा समस्या, पेटमा अल्सर, धमनीमा क्षतिलगायत गम्भीर समस्यासमेत हुने सम्भावना रहन्छ ।

-घरमै बनाएरको खाना खानुपर्छ । र, खानामा धनियाँ, खुसार्नी, जाइफल, अदुवा, आदिलाई मिश्रण गर्नुपर्छ । यस्ता मसलाले बढी नुन खाने बानी छुटाउन मद्दत गर्छ ।
–नुनले शरीरमा पानीको स्तर नियन्त्रित गर्छ। त्यसबाहेक पाचन प्रक्रिया, शरीरमा रगतको मात्रा सन्तुलित राख्ने काम यसले गर्छ। मांसपेशीलाई राम्ररी काम गर्न मद्दत गर्छ। शरीरमा नुनको मात्रा कम हुँदा कोलेस्टरोल बढ्छ। थकान महसुस हुन्छ, भोक नलाग्ने, रिंगटा लाग्ने आदि समस्या देखिन्छन्।एजेन्सी

प्रकाशित मिति: Oct 19, 2020

प्रतिक्रिया दिनुहोस्