Logo
११ बैशाख २०८१, मंगलबार
(October 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गण्डकी प्रदेशमा अहिलेसम्म कोरोनाबाट ५० जनाको मृत्यु, ३ हजार ४९९ संक्रमणमुक्त

नेपालमा कोरोना संक्रमितको सख्या दिनप्रतिदिन बढ्दै गइरहेको अवस्थामा गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण हालसम्म ५० जनाको मृत्यु भएको छ ।

अहिलेसम्म तीन हजार ४९९ जना कोरोना संक्रमणबाट निको भएका छन् ।गण्डकी प्रदेश स्स्वास्थ्य निर्देशनालयका आइतबारको विवरणमा थप ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेशमा कोरोना संक्रमितको संख्या पाँच हजार ७८६ पुगेको निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिए ।

प्रदेशमा हालसम्म कुल ८१ हजार ५१५ जनाको नमूना परीक्षण गरिएको छ ।

प्रकाशित मिति: Oct 19, 2020

प्रतिक्रिया दिनुहोस्