Logo
१२ बैशाख २०८१, बुधबार
(October 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपत्यकामा मात्रै करिब ५४ हजार कोरोना संक्रमित, जनस्तरबाट लपरबाही झनै बढ्यो

काठमाडौं उपत्यकामा मात्रै कोरोना संक्रमितको संख्या करिब ५४ हजार पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार संक्रमितको संख्या ५३ हजार ६ सय ८६ पुगेको हो।

तीमध्ये पनि काठमाडौं जिल्लाका मात्रै ४३ हजार ३०६ जना छन्। यसैगरी ललितपुरमा ६ हजार ९० र भक्तपुरमा ४ हजार २९० जना संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा छ।

तर संक्रमितमध्ये हालसम्म २५ हजार ९७४ जना निको भएका छन् भने १ सय ५६ जनाको मृत्यु भएको छ।
मन्त्रालयका अनुसार हाल काठमाडौंमा १७ हजार १७६ सक्रिय संक्रमित छन्।

यस्तै ललितपुरमा संक्रमितमध्ये ३ हजार ३५० जना निको भएका छन् भने ४७ जनाको मृत्यु भएको छ। ललितपुरमा अहिले सक्रिय संक्रमित २ हजार ६९३ जना छन्।

मन्त्रालयका अनुसार भक्तपुरमा संक्रमितमध्ये ३ हजार ३७ जना निको भइसकेका छन् भने ३९ जनाको मृत्यु भएको छ। हाल भक्तपुरमा १ हजार २१४ जना सक्रिय संक्रमित छन्।

प्रकाशित मिति: Oct 18, 2020

प्रतिक्रिया दिनुहोस्