Logo
१३ बैशाख २०८१, बिहीबार
(October 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

होम आइसोलेसनमा मृत्यु भएमा परिवारले नै अन्तिम संस्कार गर्नुपर्ने

होम आइसोलेसनमा मृत्यु भएमा परिवारले नै अन्तिम संस्कार गर्नुपर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शव व्यवस्थापन सम्बन्धि कार्यविधि संशोधन गर्दै होम आइसोलेसनमा मृत्यु भएमा परिवारले नै शवको व्यवस्थापन गर्नुपर्ने मापदण्ड बनाएको हो ।

कार्यविधिमा भनिएको छ, ‘कुनै व्यक्तिको घर वा आइसोलेसनमा मृत्यु भएमा आफन्तले स्थानीय प्रतिनिधि वा प्रहरीलाई खबर गर्नुपर्दछ । परिवारका सदस्यहरूले र अन्तिम संस्कारमा संलग्न हुने व्यक्तिहरूले सजगता अपनाई अन्त्येष्टि गर्नुपर्दछ । यस्तो कार्यमा बच्चा र ६० वर्ष माथिका ज्येष्ठ नागरिकलगायत जोखिम समूहमा पर्ने व्यक्तिलाई समावेश गराइनु हुँदैन ।’

सुरक्षाका सामग्री पन्जा, मास्क, पूरा बाहुला भएको गाउन लगाउन कार्यविधिमा भनिएको छ । यसअघि कोरोना संक्रमितको मृत्यु भएमा सरकारले नै शवको व्यवस्थापन गर्दै आएको थियो ।

प्रकाशित मिति: Oct 18, 2020

प्रतिक्रिया दिनुहोस्