Logo
१२ श्रावण २०८१, शनिबार
(October 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारी अनुगमनको तथ्यांक : सबैभन्दा धेरै फलफूल तथा तरकारीमा ठगी !

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले असोजभर ४ सय वटा व्यावसायिक फर्ममा अनुगमन गरेको छ। विभागले महिनाभर गरेको अनुगमनका क्रममा ५१ वटा कम्पनीलाई कारबाही गरी २६ लाख २२ हजार रुपैयाँ बराबर जरिवानासमेत गरेको छ।

खाद्यान्न किराना पसल १४३ वटा, अनलाईन व्यापार कम्पनी १३ वटा, औषधि पसल ४४ वटा, कपडा पसल ४२ वटा, चस्मा पसल ११ वटा, फलफूल तथा तरकारी पसल ३६ वटा, डिपार्टमेन्ट स्टोर २२ वटा र मदिरा पसल ११ वटामा अनुगमन गरेको छ। बाँकी अरु खालका व्यवसायमा अनुगमन भएको विभागले जनाएको छ। विभागले गरेको अनुगमनपछि ४ वटा व्यवसायको कारोबार रोक्का तथा सिलबन्दी गरिएको छ।

कारबाहीमा पर्नेमा सबैभन्दा धेरै फलफूल तथा तरकारी पसल छन। १ महिना अवधिमा २० वटा फलफूल तथा तरकारी पसललाई कारबाही गरि १४ लाख ७ हजार रुपैयाँ बराबर जरिवाना तिराईएको छ। त्यस्तै ९/९ वटा चस्मा पसल तथा अनलाईन कारोबार गर्ने कम्पनी, ३ वटा डिपार्टमेन्ट स्टोर र २/२ वटा इलेक्ट्रोनिक्स, खाद्यान्न र कपडा पसललाई कारबाही गरिएको छ।

प्रकाशित मिति: Oct 18, 2020

प्रतिक्रिया दिनुहोस्