Logo
६ चैत्र २०८०, मंगलबार
(October 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यामाहाले ल्यायो नेपाली बजारमा नयाँ डर्ट बाइक

नेपाली बजारमा यामाहाको नयाँ डर्ट बाइक एक्सटीजेड १५० उपलब्ध भएको छ ।

अफरोड तथा एड्भेन्चर बाइकको रुपमा पहिचान बनाएको यो बाइकले पहिले १२५ सीसीको यामाहा एक्सटीजेड थियो भने अहिले त्यो भन्दा माथिल्लो भर्सन चाहनेका लागि १५० सीसीमा उपलब्ध हुन थालेको हो ।

सोही डर्ट बाइकको सेगमेन्टमा अर्को प्रोडक्ट पनि नेपाली बजारमा विक्री भइरहेको छ । यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले देशभरका विभिन्न डिलरहरुमा सो बाइक बिक्रीका लागि उपलब्ध गराएको हो ।

१२४ केजी बाइकको लम्बाई २०४९ एमएम, चौडाई ८२९ एमएम र उचाई ११५९ एमएम रहेको छ । यसको अगाडिको चक्कामा २४५ एमएम र पछाडि २०३ एमएमको हाइड्रोलिक डिस ब्रेक रहेको छ ।

यसको मूल्य ४ लाख ७५ हजार रुपैयाँ  तोकिएको  छ ।

 

प्रकाशित मिति: Oct 18, 2020

प्रतिक्रिया दिनुहोस्