Logo
१३ बैशाख २०८१, बिहीबार
(October 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाढीका कारण कम्बोडियामा २६ जनाको मृत्यु, २६ हजारभन्दा बढी घरबारविहीन

बाढीका कारण कम्बोडियामा २६ जनाको मृत्यु भएको छ । बाढीका कारण २६ हजार भन्दा बढी सर्वसाधारण घरबार विहीन भएको बताइएको छ ।

बाढीबाट प्रभावितहरुको उद्धार कार्य जारी रहेको समाचारमा जनाइएको छ । बाढी प्रभावित क्षेत्रमा रहेकाहरुको उद्धार तथा पुनरस्थापनाको काम जारी रहेको सरकारी अधिकारीहरुले जनाएका छन् ।

वर्षाका कारण २५ वटा भन्दा बढी सहरका भौतिक संरचनामा क्षति पुर्‍याएको छ भने करिब २ लाख ५० हजार मानिस प्रभावित भएका छन् ।

बाढीका कारण सयौं हेक्टर क्षेत्रफलमा लगाइएको कृषि उत्पादन नष्ट गरेको बताइएको छ । वर्षा अझै केही दिन लम्बिने भन्दै सरकारी अधिकारीहरुले सर्वसाधारणलाई सुरक्षित रहन अपीलसमेत गरेका छन् ।

कम्बोडियामा हरेक वर्ष अगस्ट र अक्टोबरमा आउने बाढीका कराण हजारौं नागरिक प्रभावित हुने गरेका छन् ।

 

प्रकाशित मिति: Oct 18, 2020

प्रतिक्रिया दिनुहोस्