Logo
१३ बैशाख २०८१, बिहीबार
(October 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दसैंका यात्रु सवार गाडी दुर्घटना : पाँच जनाको मृत्यु, तीन घाइते

काठमाडौं : उदयपुरको कटारी नगरपालिका–१४ भदौरे भीरमा शनिबार राती स्कारपिओ दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमा नै मृत्यु भएको छ। दुर्घटनामा अन्य तीन जना गम्भीर घाइते भएका छन्।

भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.२०.प.७१७१ नम्बरको स्कारपियो राती १२ बजे सिद्दिचरण लोकमार्गमा दुर्घटना भएको हो। दुर्घटनामा मृत्यु भएकामध्ये तीन जनाको पहिचान खुलेको छैन। जिल्ला प्रहरी कार्यालयका डीएसपी बेदप्रसाद गौतमकाअनुसार ओखलढुंगा मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्मी सार्की रहेका छन्।

दुर्घटनामा परेर मृत्यु भएकामध्ये अन्दाजी ३०/३२ वर्षका पुरुष, ३०/३५ वर्षका पुरुष र अर्की ३०/३५ वर्षकी महिलाको पहिचान भइनसकेको उनले बताए। पहिचान नखुलेका तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो। अहिले मृतकको शव र दुर्घटनामा परेको गाडी घटनास्थलमै रहेको छ।

दुर्घटनामा ओखलढुंगाको मानेभञ्याङ–९ की २८ वर्षीय कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र चालक रुपन्देही त्रिगम्वा नगरपालिका–४ का २८ वर्षीय पनव खड्का गम्भीर घाइते भएका छन्। उनीहरुलाई थप उपचारका लागि विराटनगर पठाइएको छ।

प्रकाशित मिति: Oct 18, 2020

प्रतिक्रिया दिनुहोस्